प्रचण्डद्वारा मन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

याे पनि पढ्नुस  परिवर्तनको आन्दोलनमा कुल प्रसादको अतुलनीय भूमिका– प्रचण्ड

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भन्नुभयो, “अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो ।”

अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमा समेत उपचारमा जान सुझाव दिनुभएको छ । “सम्भव भएसम्म स्वदेशमा नै उपचार गरौं, भएन भने विदेशका अस्पतालमा समेत उपचार गर्नुपर्ने हुन सक्छ”, प्रचण्डले भन्नुभयो ।

याे पनि पढ्नुस  ‘इन्डो–प्यासिफिक रणनीति’ मा प्रचण्डकाे असहमति !

चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्