नागढुंगामा लागूऔषधसहित एकजना समातिए

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगरपालीका –कालिनचोक ८ का २० वर्षीय प्रतिक उपाध्याय छन् ।

उनलाई दैलेख वाट काठमाडौ आउँदै गरेको ना.४.ख ७७१५ नम्बरको यात्रुवाहक बस चेक जाँचको क्रममा नागढुङ्गाबाट ९ ग्राम प्रतिबन्धित लागूऔषध खैरो हिरोईन, व्राउन, सुगरसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले वताए ।

उपाध्यायलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोट राखिएको छ । प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालका अनुसार उनलाई लागुऔषध एेनअन्तर्गत मुद्दा चलाईने वताए ।

कमेन्ट गर्नुहोस्