नेकपाका महासचिव पौडेलद्वारा कार्यभार शुरु

काठमाडौं, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले कार्यभार शुरु गरेका छन् ।

धूम्रबाराहीस्थित साविकको एमालेको पार्टी कार्यालयमा पुगी पौडेलले कार्यभार शुरु गरेका हुन ।

पौडेललाई कार्यालयमा कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

पौडेललाई बिहीबार नवगठित नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा चयन गरिएको हो ।

कमेन्ट गर्नुहोस्