नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, प्रचण्डलाई विशेष कार्याक्रम गरी स्वागत गरिदै

काठमाडौं, जेठ ४ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय साविकको नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीलाई नै बनाउने भएको छ।

नेकपाको कार्यालय धुम्बाराहीमा रहने भएपछि केन्द्रीय कार्यालयमा अध्यक्ष प्रचण्डलाई स्वागतको तयारी भैरहेको बताए।

‘महासचिव विष्णु पौडेल आज कार्यालय आउनुहुन्छ, ईश्वर पोखरेल महासचिव लेखेको ठाउँमा विष्णु पौडेल लेख्दैछौं’, नेता कृष्णगोपाल श्रेष्ठले भने, ‘एउटै कोठामा ‘केपी शर्मा ओली र पुष्पकमल दाहाल’ लेख्ने की छुट्टाछुट्टै कार्यकक्ष बनाउने छलफल गर्दैछौं।’

याे पनि पढ्नुस  बाबुरामको पार्टीलाई ठूलो झड्का, केन्द्रीय सदस्यसहित ४० कार्यकर्ता नेकपा प्रवेश

अध्यक्ष प्रचण्डलाई औपचारिक कार्यक्रम गरी नेकपाको केन्द्रीय कार्यालयमा स्वागत तयारी भएको उनले बताए ।

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली कार्यालय कमै आउने भएकाले एउटै कोठामा दुबैको बोर्ड राख्ने तयारी गरिएको उनले बताए।

पार्टी केन्द्रीय कार्यालयमा यसअघि नै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालका लागि कोठा व्यवस्थापन गरिएकाले समस्या नरहेको उनले बताए।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल, यस्तो भयो सहमति

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालयका सदस्य ईश्वर पोखरेलले पनि सचिवालयले धुम्बाराहीबाट काम गर्ने बताए।

तर नेपालको ठूलो र शक्तिशाली पार्टीका लागि आफ्नै नयाँ भवन बनाइने बताइएको छ ।

यसअघि नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडास्थित साविकको माओवादी केन्द्रको कार्यलायमा रहने बताइएको थियो । तर अब पेरिसडाँडामा नेकपाका जनवर्गीय संगठनका कार्यालय रहने भएका छन्।

कमेन्ट गर्नुहोस्