Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, जेठ ४ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा माग्नुभयो ।

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: