सुन तस्करीको रुप फेरिदैं, १ किलो सुनको तरल पेटीसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, जेठ ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार प्रहरीले १ किलो ३ सय ग्राम सुनसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

विमानस्थल प्रहरीले यसअघि पनि दुईपटक यसैगरी ल्याइएको ‘लिक्वीड गोल्ड’ बरामद गरेको थियो ।

समय र सुरक्षा सतर्कता बदलिएसँगै सुन तस्करीको तरिका पनि परिवर्तन हुँदै गएको छ । पछिल्लो सयम सुन तस्करहरुले कम्मरमा बाँध्ने पेटी आकारमा सुनलाई झोल बनाएर ल्याउने क्रम बढेको हो ।

शुक्रवार दुबईबाट नेपाल एयरलाईन्सको बिमान चढेर त्रिभुवन विमानस्थल ओर्लिएका भारत केरला स्थायी घर भएका शम्सिद पलक्कम कुझिइलको साथबाट प्रहरीले उक्त तरल सुन बरामद गरेको हो ।

कम्मर पेटी आकारमा प्लाष्टिकमा कभर गरिएको अवस्थामा बरमाद गरेको उक्त सुनसहित अभियुक्तलाई भन्सार पठाईने विमानस्थल प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्