उत्तर कोरियामा ‘लिबिया मोडेल’को अमेरिकी बहस, झस्कियो उत्तर कोरिया, भन्यो ‘जिस्काए वार्ता नहुने’

अमेरिका र उत्तर कोरियाका राष्ट्रपतिबीच १२ मेमा सिंगापुरमा हुने भनिएको वार्ताको मिति जति जति नजिक आउँदैछ यो वार्ताको भविष्यबारे आशंकाहरू त्यति नै गहिरिँदै छन् ।

हालै अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकाले उत्तर कोरियामा ‘लिबिया प्रारूप’ अपनाउने बारे सोचिरहेको बताए यता आशंकाहरू झन् बढेका हुन् ।

सन् २००३ मा लिबियाका शासक कर्नल मुम्मर गद्दाफी आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भैसकेका थिए र अमेरिकाले लिबियामाथि लगाएका अधिकांश प्रतिबन्धहरू समेत हटाइसकेको थियो ।

तर यसले गर्दा पश्चिमी देशहरूलाई त्यहाँका विद्रोहीहरूलाई आर्थिक र सामरिक रूपमा सहायता गर्ने बाटो समेत खुल्यो र त्यसको परिणति स्वरूप नेटोको सहयोगमा सन् २०११ मा उनी अपदस्थ गरिए र पछि उनको हत्या गरियो ।

“लिबियामा हामीले एउटा देशलाई नै ध्वस्त पारिदिएका थियौं । त्यो देश बर्बाद भएको थियो । त्यहाँ गद्दाफीलाई राखिराख्ने कुनै ‘डील’ भएको थिएन । जुन ‘लिबियाली प्रारूप’को कुरा हुँदैछ त्यो एकदम अलग थियो ।”

मानवाधिकार र प्रजातन्त्र ल्याइदिने वाचाका साथ अमेरिका पसेको अमेरिकी अगुवाईको नेटो सेनाले गद्दाफीलाई सत्ताच्युत गर्न भ्यायो, तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले जुलियस सिजर्को शैलीमा “हामी आयौं, हामीले देख्यौं र ऊ मारियो’ समेत भन्न भ्याइन् । तर कुनै समय अफ्रिकाको समृद्ध राष्ट्र रहेको लिबिया एक दशकभित्र नै एउटा अन्तहीन द्वन्द्वको दुष्चक्रमा फसेको दुःखी राष्ट्रमा परिणत हुन पुग्यो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपसँगको वार्ताका लागि सहमत भएका किम जोङ-उनले अमेरिकाले अहिले पनि चाल चलिराखेको र यस्तो अवस्थामा वार्ताको औचित्य नरहेको बताएका छन् ।

बुधवार उत्तर कोरियाले आफु उक्त वार्ताको भाग नहुन सक्ने चेतावनी दिएको थियो ।

ट्रंपले भने उत्तर कोरियासँग ‘लिबिया प्रारूप’ अपनाउनेबारे आफूले नसोचेको र चाँडै किमसँग वार्ता हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

उता दक्षिण कोरिया र अमेरिकाबीच सैनिक अभ्यास जारी रहेको र अमेरिका वार्ताको वातावरण सुधार्ने कुराप्रति गम्भीर नरहेको भन्दै यसै हप्ता दक्षिणसँग हुने भनेको वार्ता रद्द गरिदिएको थियो ।

ट्रंपले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारको बयानलाई ठाडै अस्वीकार गरेका छन् ।  उनले भने, “उत्तर कोरियामा लिबिया मोडेल अपनाउनेबारे हामीले सोचेकै छैनौं ।”

उनले थपे, “लिबियामा हामीले एउटा देशलाई नै ध्वस्त पारिदिएका थियौं । त्यो देश बर्बाद भएको थियो । त्यहाँ गद्दाफीलाई राखिराख्ने कुनै ‘डील’ भएको थिएन । जुन ‘लिबियाली प्रारूप’को कुरा हुँदैछ त्यो एकदम अलग थियो ।”

ट्रंपले भने , “उनले भन्न खोजेको ‘डील’ फरक हो ।  यस अन्तर्गत किम जोङ-उन रहिराख्ने छन्, आफ्नै देशमा रहिराखने छन् र शासक रहने छन् र अहिले भन्दा सम्पन्न रहने छन् ।”

अमेरिका भने संयुक्त सैन्य अभ्यास कुनै पनि हालतमा जारी राख्ने बताइरहेको छ । व्हाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले किमले आफ्नो कुरा थोपिरहेको आरोप समेत लगाएकी छिन् ।

ट्रंपले उत्तर कोरियालाई वार्ताबाट विचलित पार्न चीनले षड्यन्त्र रचिरहेको आशंका व्यक्त गरेका छन् । किमले हालैका दिनहरूमा दुई पटक गरेको चीन भ्रमणले ट्रंपलाई सशंकित पारेको हो ।

ट्रंप भन्छन्, “मलाई कयौं कारणहरूलाई लाग्छ चीन कुनै ‘डील’ गर्न चाहन्छ ।  सायद यसको कारण व्यापार पनि हुन सक्छ ।  उनीहरूलाई यसअघि यत्रो आपत्ति थिएन । हुन सक्छ उनीहरू किमलाई उचालिरहेका होउन् ।”

उता दक्षिण कोरिया र अमेरिकाबीच सैनिक अभ्यास जारी रहेको र अमेरिका वार्ताको वातावरण सुधार्ने कुराप्रति गम्भीर नरहेको भन्दै यसै हप्ता दक्षिणसँग हुने भनेको वार्ता रद्द गरिदिएको थियो ।

अमेरिका भने संयुक्त सैन्य अभ्यास कुनै पनि हालतमा जारी राख्ने बताइरहेको छ । व्हाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले किमले आफ्नो कुरा थोपिरहेको आरोप समेत लगाएकी छिन् ।

हालै अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकाले उत्तर कोरियामा ‘लिबिया प्रारूप’ अपनाउने बारे सोचिरहेको बताए यता आशंकाहरू झन् बढेका हुन् ।

तर एकातिर अमेरिकी भनाई र गराईलाई राम्ररी बुझेको तथा प्रजातन्त्र र मानवाधिकार भनेकै पश्चिमा वर्चस्व स्वीकार गर्नु भन्ने बुझेको र अर्कोतिर हालका व्यापार प्रतिबन्धहरूले साह्रै कमजोर भएको उत्तरका लागि यो निर्णयमा पुगिहाल्न भने हम्मे हम्मे नै छ ।

 

एजेंसीहरूको सहयोगमा

कमेन्ट गर्नुहोस्