नवगठित नेकपा केही वर्षभित्रै फुट्छः बिजुक्छे

भक्तपुर, जेठ ४ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक आधारमा नभएकाले केही वर्षभित्र फुट्ने दाबी गरेका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले पदीय भागबन्डाको आधारमा दुई पार्टीबीच एकता भएकाले त्यो टिकाउ नहुने तर्क गरेका हुन् ।

पार्टी एकताको आधार सिद्धान्त नभएकाले केही वर्षभित्रै नवगठित नेपाल कम्युनिष्ट पार्टीमा फुट आउने उनले ठोकुवा समेत गरे ।

अध्यक्ष बिजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षा फौजनै नेपालमा आउनु मुलुकको निम्ति लज्जाबोधको विषय भएको पनि बताए । उनले मोदीको नेपाल भ्रमणमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन समेत पहल नगरेको भन्दै प्रधानमन्त्री ओलीको पनि आलोचना गरे ।

कमेन्ट गर्नुहोस्