अप्ठेरोमा दिल्ली, आज पनि काम नलाग्ने भो कि सन्दीपको मेहनत ?

नयाँ दिल्ली । यहाँस्थित फिरोज शाह कोटला मैदानमा जारी आइपिएलको ५२ औं म्याचमा दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किंग्सबीच घमासान जारी छ ।

पहिले ब्याटिङ गर्दै दिल्लीले भारतका पुर्व कप्तान महेन्द्रसिंह धोनीको अगुवाईको चेन्नईसामु १६३ रनको लक्ष राखेको छ ।

निर्धारित २० ओभरमा १६२ रन बनाउने क्रममा दिल्लीका ५ खेलाडी आउट भएका थिए । उसको तर्फबाट ऋषभ पन्तले ३८ रन बनाए भने हर्ष पटेल र विजय शंकरले ३६-३६ रनको योगदान गरे ।

चेन्नईको बलिङ आक्रमण राम्रो रह्यो, उसको तर्फबाट लुंगी एन्गिदीले २ विकेट झारे भने दीपक चाहर, रवीन्द्र जडेजा र शार्दुल ठाकुरलाई १-१ सफलता प्राप्त भएको थियो ।

१६३ रनको विजय लक्षका साथ मैदान उत्रिएको तुलनात्मक रूपमा बलियो ठानिएको धोनीको सेनालाई लागि यो लक्षसम्म पुग्न चमत्कारले मात्र पुग्नसक्ने देखिएको छ ।

उसले १७ ओभरको समाप्तिसम्म ४ विकेटको क्षतिमा १०७ रन बनाएको छ ।

उसको तर्फबाट हर्षल पटेलको शिकार बनेका अम्बाती नायडु ५० रन बनाएर गएका छन् भने सन्दीप लामिछानेको बलमा क्याच आउट भएका सुरेश रैना १५ रनको निजि स्कोरमै चित्त बुझाउन बाध्य भएका छन ।

 

कमेन्ट गर्नुहोस्