सन्दीप लामिछाने: ४ ओभर, २१ रन, १ विकेट, नतिजा ए-प्लस

नयाँ दिल्ली । सन्दीप लामिछानेले आज पनि आफ्नो टीमलाई निराश पारेनन् । उनले खेलको सुरुवात देखि नै महेन्द्रसिंह धोनी र सुरेश रैना जस्ता दिग्गज क्रिकेटरहरूलाई रन बनाउन दिएनन् र आफ्नो तेस्रो ओभरमा सुरेश रैनालाई विजय शंकरको हातबाट क्याच समेत गराए।

आज उनले बलिङ गरेका निर्धारित ४ ओभरमा मात्र २१ रन दिएर उत्कृष्ट इकोनोमीको परम्परालाई समेत अक्षुण राखेका छन् र यस खेलले उनको विश्वसनीयता झन् बढाएको छ ।

आजको खेल जित्नु दिल्लीका लागि भने प्रतिष्ठा जोगाउने बाहेक अरु केही हुनेछैन । यस सिजनमा नराम्रो प्रदर्शनका कारण उसको प्ले-अफमा पुग्ने सपना सपनामै सीमित रहन पुगेको छ । चेन्नई भने यस अघि नै प्ले-अफमा पुगिसकेको हुनाले यस खेलमा जीत हासिल गरेको खण्डमा उसलाई शिर्षस्थानमा उक्लिन मद्दत पुग्ने छ ।

 

 

कमेन्ट गर्नुहोस्