दिल्लीलाई सान्त्वना जीत, काम लाग्यो सन्दीपको मेहनत

नयाँ दिल्ली । यहाँस्थित फिरोज शाह कोटला मैदानमा जारी आइपिएलको ५२ औं म्याचमा दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किंग्सबीचको खेलमा दिल्लीले जीत हात पारेको छ । उसले चेन्नईलाई ३४ रनले हराएको हो ।

सिजनभरि गतिलो प्रदर्शन गर्न नसकेको दिल्लीको यो पाँचौं जीत हो ।

पहिले ब्याटिङ गर्दै दिल्लीले निर्धारित २० ओभरमा १६२ रन बनाएको थियो । यस क्रममा दिल्लीका ५ खेलाडी आउट भएका थिए । उसको तर्फबाट ऋषभ पन्तले ३८ रन बनाए भने हर्ष पटेल र विजय शंकरले ३६-३६ रनको योगदान गरे ।

चेन्नईको बलिङ आक्रमण राम्रो रह्यो, उसको तर्फबाट लुंगी एन्गिदीले २ विकेट झारे भने दीपक चाहर, रवीन्द्र जडेजा र शार्दुल ठाकुरलाई १-१ सफलता प्राप्त भएको थियो ।

१६३ रनको विजय लक्ष भारतका पुर्व कप्तान महेन्द्रसिंह धोनीको टीमले निर्धारित २० ओभरमा प्राप्त गर्न सकेन ।

उसले २० ओभरको समाप्तिसम्म ६ विकेटको क्षतिमा १२८ रन मात्र बनाउन सक्यो ।

आज दिल्लीको जीतमा बलरहरूको महत्वपूर्ण योगदान रह्यो । आज ट्रेन्ट बोल्ट, अमित मिश्रा, सन्दीप लामिछाने र हर्षल पटेलले विकेट मात्र झारेनन् क्रिजमा रहेका ब्याट्सम्यानहरूमा समेत निरन्तर अंकुश लगाइरहे ।

बोल्ट र मिश्रालाई २-२ सफलता मिल्यो भने सन्दीप र पटेलले १-१ विकेट हात पारे । आज बोल्ट, मिश्र र सन्दीपको इकोनोमी रेट पनि सानदार रह्यो ।  निर्धारित ४ ओभरमा बोल्ट र मिश्रले मात्र २० रन दिए भने सन्दीपले मात्र २१ रन खर्चिए ।

यो जीत दिल्लीका लागि ‘फेस सेभिङ’सम्म मात्र हुनेछ । उसको प्ले-अफमा पुग्ने सम्भावना घर्किसकेको छ ।

 

कमेन्ट गर्नुहोस्