आजाद भिषामा कतार पुगेका १४ नेपाली अलपत्र दलालले खाना सम्म नदिएको गुनासो

कतार, जेठ ५ । आजाद भिषामा कतार गएका १४ जना नेपाली अलपत्रमा परेका छन ।

काठमाडौको सिनामंगलस्थित इशान मेनपावर प्रालिबाट श्रम सेटिङ मिलाइ कैलाली टिकापुर १ का करन बिकले जनही १ लाख २० हजार रुपैयाँ अशुल गरि १४ जनासहित ६ महिनामा ५० जना नेपाली लाई कतार पुर्याइ अलपत्र पारेको कतारबाट बिबि खरालले जानकारी दिएका छन ।

एजेन्ट बिकले कैलाली ,उदयपुर ,डढेलधुरा ,सिन्धुली लगाएतका जिल्ला बाट गएका १४ जना नेपाली लाई बिगत दुई महिना देखि एउटा सानो कोठामा अलपत्र छाडि खाना समेत नदिएको अबस्थामा आफुले गोप्य सुचनाको आधारमा भटे पछी पीडित लाइ उद्दार गरि अन्यत्रै राखिएको र एजेन्ट लाई पक्राउ गरि एक हप्ता भित्र लागत फिर्ता गरि नेपाल पठाउने लिखित सहमति गरेको खरालले एभरेस्ट दैनिक लाई बताएका छन ।

याे पनि पढ्नुस  नवनिर्वाचित एनआरएनए एनसीसीलाई पत्रकार महासंघद्वारा सम्मान

यसरी अलपत्र पर्नेहरुमा कैलालीका कपिल बिक,आकाश बिक ,अशोक लोहार ,बिरु कुवर र अन्य जिल्लाका निमा वाइबा,अजित बिक,बिनोद शाही,नरेश बिक,अमृत शार्कि ,अभिशेक बिक लगाएत रहेका छन।

नेपालका एजेन्ट राजेश बिक र बिजय बिकले इशान मेनपावर प्राली मार्फत आजाद भिसामा मान्छे पठाउने र कतारमा करन बिकले ब्यबस्थापन गर्न गरेको पीडितको भनाइ उदृत गर्दै खरालले जानकारी दिएका छन ।

याे पनि पढ्नुस  नवनिर्वाचित एनआरएनए एनसीसीलाई प्रवासी नेपाली एकता मञ्च कतारको बधाई

सामाजिक संजाल फेसबुक बाट प्रबास खाडी क्षेत्रमा बिगत लामो समय देखी मजदुरहरुको उद्दार ,राहत र मेनपावर बिरुद्ध कडा अभियान चलाएका बि बि खरालले शुक्रवार दोहा कतारको टोएटा सिंग्नल को छेउमै रहेको एक भिल्लामा पिडितहरु लाई भेटि उनिहरुको समस्या समाधानको लागि एजेन्टलाइ उपस्थिति गराइ सम्झौता गराएका हुन ।

याे पनि पढ्नुस  बागलुङका रमेश भट्ट एन आरएन आइसिसि सदस्यमा बिजयी

नेपालका विभिन्न मेनपावर कम्पनीले आजाद भिसाको नाममा कामदार पठाउने र कतार पुगे पछी अलपत्र हुनेको सङ्ख्या बढ्न थालेपछि केहि समय अघि कतार स्थित नेपाली दूतावासले एक बिज्ञप्ति निकाल्दै आजाद भिसामा कतार नजान सचेत गराएको थियो ।

कमेन्ट गर्नुहोस्