भारतमा भीषण आँधी आउने मौसम विज्ञको चेतावनी, २० राज्‍यमा नोक्‍सानी पुर्‍याउन सक्‍ने

काठमाडौं, जेठ ५ । मनसुन सुरु हुनु अगावै च्रकवर्तीय आँधीले भारतीय तटीय क्षेत्रमा बबण्डर मच्‍चाउने संकेत देखिएको भारतीय मौसम पूर्वानुमान विभागले जनाएको छ। भारतीय च्रकवर्तीय आँधी पश्‍चिमबाट दक्षिणतर्फ करीब १८ किलोमिटर प्रतिघण्टाका रफ्तारमा आइरहेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेको छ।

उक्त आँधीसँगै आउने हावाको वेग करिब ८० देखि १०० किलोमिटर प्रतिघण्टा छ। आउँदो १२ घण्टासम्‍ममा समुन्द्र एउटा आँधीमा परिणत हुनेछ। त्‍यही हावाको झोक्‍का तीव्र गतिमा अगाडि बढ्‍ने सम्भावना बढी छ।

भारतीय मौसम विभागका अनुसार उक्त आँधी राति पश्‍चिम र दक्षिणतर्फ बढ्‍नेछ। विभागका अनुसार उक्त आँधीले आसाम, मेघालय नागाल्‍याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पश्चिम बंगाल, सिक्किम, झारखण्ड, बिहार, पूर्वी उत्तर प्रदेश, हरियाणा, चण्डीगढ़, दिल्ली, पञ्‍जाब, हिमाचल प्रदेश, जम्मू-कश्मीर, तटीय आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु, केरल, लक्षद्वीपको केही क्षेत्रमा समेत असर गर्न सक्‍ने बताइएको छ। उक्त क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ।

यसका साथै अलावा विभागले उत्तरी उत्तर प्रदेशमा शनिबार तीव्र गतिको आँधी आउन सक्‍ने सम्‍भावना भएकाले त्‍यहाँका सिद्धार्थनगर, कुशीनगर तथा महाराजगंजमा समेत प्रभाव पार्न सक्‍ने बताइएको छ भने यूपीको उत्तरी भागमा वर्षा र आँधी आउने सम्‍भावना छ।

मौसमका विभागका वरिष्ठ वैज्ञानिकले भनेका छन्, ‘अक्टोबर र मार्च बीचमा पश्‍चिमी हिमालय क्षेत्र र उत्तरी मैदानी क्षेत्रमा उक्त आँधीले आफ्नो कब्जा जमाउनेछ भने धेरै क्षति पुर्‍याउन सक्‍नेछन्। उक्त घटना अप्रिल र मे महिनाको बीचमा हुन सक्छ।’

कमेन्ट गर्नुहोस्