Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मोटरसाइकल दुर्घटना २४ वर्षीय युवककाे मृत्यु

उर्लाबारी, मोरङ । उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार धिमालको मृत्यु भएको र घाइते मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीयबालजीत सुब्बालाई स्थानीय मंगलबारे अस्पतालमा उपचार गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: