एक साताभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने नेकपाको तयारी, नेताहरु आन्तरिक छलफलमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीले एक सातामा पूर्णता पाउने भएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिन आन्तरिक तयारी तीव्र पारिएको बताइएको छ ।

तीन महिनाभित्र पार्टीका जनवर्गीय संगठन र आन्तरिक काम व्यवस्थापन गरिसक्ने नेकपाले जनाएको छ । नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र नौ सदस्यीय सचिवालय रहने छ । तत्कालिन एमालेबाट २ सय ४१ र तत्कालिन माओवादी केन्द्रबाट २ सय सदस्यीय रहनेछन् । जसमध्ये एमालेबाट २ सय सदस्यको टुंगो लागेको छ भने माओवादी केन्द्रबाट ८५ जनाको मात्र नाम टुंगो लागेको छ ।

केन्द्रीय कमिटीमा २४१ जना तत्कालीन एमालेबाट र २०० जना तत्कालीन माओवादी केन्द्रबाट सदस्य रहने सहमति बनेको छ । सोहीअनुसार यसअघि एमालेको १९६ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरू स्वतः नयाँ पार्टीको केन्द्रीय सदस्यमा परेका छन् । तीमध्ये अपुग ४५ जनाको नाम भने टुङ्गो लाग्न सकेको छैन ।

१ सय ८५ को नाम अझै टुंगो लगाउन बाँकी रहेको छ । केन्द्रले पनि एक साताभित्र नाम टुङ्गो लगाउने बताएको छ । निर्वाचन आयोगमा केन्द्रीय कमिटीका सदस्यहरूको सबै नाम बुझाउनुपर्ने भएकाले चाँडै नाममा टुङ्गो लगाएर आयोगमा बुझाइने नेकपाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्