नेकपा संसदीय दलको नेतामा अाेली सर्वसम्मत चयन

काठमाडौं, जेठ ५ । नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो । बैठक जारी छ ।

कमेन्ट गर्नुहोस्