भारतको दवावमा एमाले–माओवादी एकता : मोहन वैद्य

ओखलढुंगा, जेठ ५ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेकपा एमाले र माओवादी केन्द्रबीच भारतको दवावमा एकता भारतको बताएका छन् । साथै उनले एकताका नाममा माओवादी केन्द्रलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् ।

शनिबार सदरमुकाम ओखलढुंगा बजारमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले र माओवादी एकताविरुद्ध अन्य कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिने बताए। आफुहरुले पनि एकताका लागि पहल गरिरहको उनले बताए ।

मोहनविक्रम सिंहको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको लागि छलफल भइरहेको उनको भनाई छ ।

अब नेपालको कम्युनिष्ट आन्दोलन एउटा अवसरवादी धार र अर्को क्रान्तिकारी धारको रुपमा अगाडि बढ्ने बैद्यको भनाई छ।

कमेन्ट गर्नुहोस्