पूर्णिमा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला फोटो पत्रकार

काठमाडौं, जेष्ठ ५ । पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहण गरेकी छन् । सगरमाथामा पुग्ने श्रेष्ठ पहिलो नेपाली महिला फोटो पत्रकार हुन ।

फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले आज बिहान ८ बजेर १० मिनेटमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी हुन् । उनी कारोबार दैनिकमा आवद्ध छिन ।

पूर्णिमाले आरोहणको क्रममा श्रेष्ठले मुस्कुराईरहेका नेपाली महिलाहरु नामक एकल फोटो प्रदर्शनी समेत गरेको पीजे क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सन् २०१७ सेप्टेम्बर २६ मा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन् ।

कमेन्ट गर्नुहोस्