अमेरिकामा फेरि अर्को विद्यालयमा गोलीकाण्ड, १० विद्यार्थीको मृत्यु

अमेरिका, जेठ ५ । अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ ।

टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिनुभएको छ ।

विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाका कारण अत्यन्त मर्माहित भएको बताउनुभयो ।

घटनामा परी अरु दश जना घाइते भएका गभर्नर अब्बोटले पत्रकारलाई थप जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्