विवाहपूर्व धेरै यौन पार्टनर हुनेको वैवाहिक जीवन अत्युत्तम

काठमाडौं । विवाहपूर्व दुर्इ वा सो भन्दा धेरै सेक्स पार्टनर भएका महिलाहरुको वैवाहिक जीवन अत्युत्तम हुने एक अध्ययनले देखाएको छ ।पछिल्लो एक अध्ययनबाट विज्ञहरुको यो निष्कर्षमा पुगेका हुन् ।

अध्ययन अनुसार बिहे अघि धेरै यौन पार्टनरहरु भएका महिलाहरुमा बिहेपछि सम्बन्ध विच्छेदको घटना अतिकम पाइएको छ ।

बिहे अघि दुर्इ जनासम्म सेक्स पार्टनर भएका महिलाहरुमा भन्दा तीनदेखि नौ जनासम्म सेक्स पार्टनर भएका महिलाहरुमा सम्बन्ध विच्छेद (डिभोर्स) को दर निकै कम पाइएको हो ।

अध्ययनका अनुसार पछिल्लो समय वैवाहिक जीवन सुरु गरेका युवतीहरुमा विवाह पूर्व सेक्स सम्बन्धी अनुभव लिएकाको संख्या उच्च रहेको पाइएको छ ।

सन् १९७० को दशकमा २१ प्रतिशत अमेरिकी महिलाहरु भर्जिन अवस्थामै अर्थात् कुमारी अवस्थामै बिहे गर्दथे भने अहिले भर्जिन अवस्थामा बिहे गर्ने अमेरिकी महिलाहरुको संख्या केवल ५ प्रतिशत रहेको बताइएको छ । सयमा ९५ जना अमेरिकी युवतीहरुले बिहे अघि नै सेक्सको अनुभव गरिसकेका हुन्छन् ।

त्यस्तै पछिल्लो समयमा बिहे अघि केवल एक जनामात्र यौन पार्टनर भएका महिलाहरुको संख्यामा पनि गिरावट आएको पाइएको छ । अर्थात् बिहे अघि नै धेरैजना पुरुषसँग यौन सम्पर्कको अनुभव बटुल्ने महिलाहरुको संख्या बढिरहेको छ ।

बिहे अघि केवल एकजना सँगमात्र यौन सम्पर्क गर्ने अमेरिकी महिलाहरुको संख्या सन् १९८० को दशकमा ५० प्रतिशत भन्दा बढि थियो भने त्यो अहिले घटेर २८ प्रतिशतमा झरेको बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्