बेलायती शाही परिवारमा ठूलो क्रान्ति, राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगनबीच विवाह

लण्डन, जेठ ५ । बेलायकतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ।

शनिबार विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो।

मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।

ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए।

सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए।

शाही विवाह

महारानी एलिजावेथ र उनका पति ड्युक अफ अडिन्बर

महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए ।

वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए।

US TV star Oprah Winfrey, wearing pink, and British actor Idris Elba arrive at the chapel

ती पाहुनामा एल्टन जन, ओप्रा विन्फ्रे, जर्ज क्लुनी र सेरेना विलियम्स लगायत थिए।

वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए।

मेगनकी आमा

कतिपयले राम्रो दृश्य देख्न सकियोस् भनेर केही दिनअगाडि देखि नै त्यस्ता सम्भावित स्थलमा पाल टाँगेर बसेका थिए।

यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका ‘ड्युक र डचेस’ का रुपमा चिनिने घोषणा गरिएको थियो।

समारोहमा सहभागी हुन नेताहरू निमन्त्रणा दिइएको थिएन।

तर प्रधानमन्त्री टरिजा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामान दिएकी छन्। बीबीसी

कमेन्ट गर्नुहोस्