यी हुन पूर्वमाओवादीबाट नेकपामा केन्द्रीय सदस्य हुने ८८ जना, नामसहित

काठमाडौं, जेठ ६ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका लागि पूर्व नेकपा माओवादी केन्द्रले ८८ जनाको नाम टुंगो लगाएको छ ।

पूर्वमाओवादीबाट २०० जना र पुर्व एमालेबाट २४१ जना गरी ४४१ जनाको केन्द्रीय समिति बनाउने नेकपाको तयारी छ । जसमा आफ्नो भागमा परेका मध्ये अहिलेसम्म ८८ जनाको नाम तय भएको एक नेताले बताए ।

पूर्व माओवादी केन्द्रको केन्द्रीय सचिवालयमा रहेका ८८ जना नेताहरु नेकपाको केन्द्रीय समितिमा पर्ने निश्चित छ भने वाँकी टुंग्याउने आन्तरिक गृहकार्यलाई व्यापक पारिएको छ ।

४४१ सदस्यीय नेकपाको केन्द्रीय समितिमा माओवादीले पक्षले २०० सिट पाउने सहमति भएको थियो । माओवादी केन्द्रले नेकपाको ४५ स्थायी समितिमा १९ स्थान पाएको छ।

तय भएका नाम यसप्रकार छ:

कमेन्ट गर्नुहोस्