इरानसँग भएको सम्झौता कायम रहने युरोपको भनाई

ब्रसेल्स, जेठ ६ । युरोपेली संघले इरानसँग भएको परमाणु सम्झौतामा आफूहरू कायम रहने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपले अमेरिका उक्त सम्झौतामा कायम नरहने घोषणा गरेयता उक्त सम्झौताको भविष्यमाथि नै अनिश्चितता छाइरहेको थियो। अमेरिकाले उक्त घोषणापछि इरानमाथि नयाँ सिराबाट प्रतिबन्धहरू लगाइसकेको छ।

याे पनि पढ्नुस  इरानमा भागदौड मच्चिंदा ३० को मृत्यु, दर्जनौं घाइते

ब्रिटिश अखबार ‘द इंडिपेंडेंट’सँगको कुराकानीमा ऊर्जा र जलवायु परिवर्तन मामिलाका युरोपियन कमिस्नर मिग्वेल एरियास क्यानिटले २८ देशहरूको उनीहरूको संगठन इरानको तेलको सबैभन्दा ठुलो आयातकर्ता हो र उनीहरू इरानसँगको व्यपारिक सम्बन्धहरूलाई विस्तारित गर्न चाहेको बताएका छन्।

शनिवार इरान यात्राको क्रममा क्यानिटले भने,”हामीले हाम्रा इरानी मित्रहरूलाई उनीहरूले सम्झौता पालन गरुन्जेल युरोप पनि आफ्नो प्रतिबध्दतामा अडिग रहने संदेश पठाइसके।”

याे पनि पढ्नुस  31 pilgrims dead in Karbala stampede on Ashura

बिबिसी

कमेन्ट गर्नुहोस्