गुटका सेवनले नपुंसकतासँगै दर्जनौ बेफाइदा

पान मसाला या गुटका सेवन गर्नु कतिपय कारणले राम्रो होइन। यसले दाँत मात्र खराब गर्ने होइन प्रण घटक रोग क्यान्सर लाग्ने सम्भावनालाई समेत कयौं गुणा बढाइदिन्छ ।

नेपालमा गुटकाका पारखीहरूको कमी छैन। कुनै पनि किराना या पान पसलबाट गुटका किनेर स्टाइलिस तरिकाले त्यसलाई मुखमा खन्याएर धुलो उडाउनेहरूको कुनै कमी छैन र यस्ता सज्जनहरूले जुनसुकै स्थानलाई पनि ठुक्दान बनाइदिने अर्को पाटो झन् उदेक लाग्दो छ ।

व्यापक बजार लिँदैछ गुटका
हुन त भोजन पश्चात पान खाने चलन पुरानै हो । यसले खाना पचाउन मद्दत गर्ने पनि धेरैको मत रहेको छ । बिस्तारै यसको स्थान सुर्तिले लियो र अब गुटका सर्वप्रिय भएको छ । हुन पनि सुर्ती सेवन गर्नेका लागि गुटका सजिलो विकल्प पनि हो । न चुना, न कत्था न सुपारी नै चाहिने १ रेडिमेड, प्याकेट च्यात्यो, मुखमा खन्यायो।

गुटका सेवनः बेफाइदै बेफाइदा
यसका कतिपय खराब असरहरू बारे त सेवनकर्ताहरू अनभिज्ञ छैनन्। तर आफूलाई ‘मार्द’ या ‘पुरुषार्थी’ देखाउन समेत यसको सेवन गर्नेहरू भर्खरै पत्ता लागेको यसको एउटा अर्को बेफाइदा बारे थाहा पाए भने साँच्चिकै झस्किन सक्छन् ।

गुटकामा कत्था, सुपारी, तमाखु र चुना बाहेक अन्य केही खतरनाक रसायन समेत मिसाइन्छन् जसले दाँतहरू पहेँला पार्ने, मुखको क्यान्सर हुने मात्र होइन शरीरमा हर्मोनहरूको असन्तुलन गराइदिएर नपुंसकता समेत निम्त्याइदिन सक्छ।

यसले विशेष गरी सेक्स हर्मोंमा असर गर्ने भएकाले यसको निरन्तर सेवनले दीर्घकालमा यौन क्षमतामा नै असर पुग्ने विज्ञहरू बताउँछन् । गुटकामा राखिने रासायनिक पदार्थले हाम्रो डीएनएलाई समेत प्रभावित गर्ने भएकाले यसबाट सिर्जित रोगहरूको उपचार नै गाह्रो हुने गर्दछ।

‘पुरुषार्थी’ बन्ने होडमा गुम्ला ‘पुरुषार्थ’
युवाहरूले आफूलाई फरक देखाउन गर्ने गुटका सेवनले पुरुषार्थ नै गुम्ने चेतावनी शोधहरूबात प्राप्त निष्कर्षहरूमा उल्लेख छ । गुटकाको बेफाइदाहरूबारे हालका दिनहरूमा भएका शोधहरूले यसले शरीरका विभिन्न अङ्गहरूको कार्यकुशलतामा नै प्रभाव पार्ने बताइएको छ ।

चिकित्सकहरू एवं स्वास्थ्य सचेतना कार्यक्रमहरूले बारम्बार यसका घातक असरहरू बारे चेतावनी दिने गरेको भए पनि गुटकाको व्यापार दिनानुदिन बढ्दै गइरहेको छ ।

यसमा मिसाइने सुपारी, तम्बाकु, चुना, कत्था आदिले त बेफाइदा गर्छ नै यसको स्वादमा पृथकता ल्याउन प्रयोग गरिने रसायनले मानव शरीरको कार्यप्रणालीलाई नै नोक्सान पुऱ्याउने हुन्छ । यसको सबैभन्दा घातक असर त शरीरले उत्सर्जन गर्ने एन्जाइमहरूमा पर्ने गरेको बताइन्छ जसले गर्दा ती एन्जाइमहरूको कार्यशैली एवं क्षमता प्रभावित हुने गर्दछ ।

प्रजनन क्षमता र नपुंसकता
मानव शरीरमा सेक्स हर्मोंहरूको उत्पादनमा साइप(४५० नामक एन्जाइमहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् ।

गुटकाका कारण यस्ता एन्जाइमहरूको कार्यशैली एवं क्षमता प्रभावित हुने हुँदा यसको प्रत्यक्ष प्रभाव मानिसको यौन स्वास्थ्यमा पर्नु स्वाभाविक नै हो ।

कतिपय अवाथामा त यस्ता एन्जाइमहरूको कार्य क्षमता कम्जोर भएको खण्डमा यिनीहरू सेक्स हर्मोन निर्माण गर्न नै असमर्थ हुन्छन् र त्यसको नतिजा नपुंसकताको रूपमा देखा पर्दछ । साथै यसले पूश्को समग्र प्रजनन क्षमता नै तहस नहस गरिदिने गर्दछ।

त्यति मात्र होइन यदि कुनै महिला यदि निरन्तर गुटका सेवन गर्छिन् भने त्यसको असर उनको प्रजनन क्षमतामा पर्दछ र उनको शिशुमा विभिन्न समस्याहरू देखा पर्न सक्छन् ।

यसका अतिरिक्त गुटका सेवनका निम्न बेफाइदाहरू समेत रहेका छन्ः
१. दाँत गल्ने समस्या
२. मुखको क्यान्सर
३. डीएनएमा क्षति
४. फोक्सोको क्यान्सर
५. मुटुमा समस्या तथा उच्च रक्तचाप
६. पेटको गडबडीः एसिडिटी देखि अल्सरसम्म
७. गर्भवती महिलाहरूमा समस्या

कमेन्ट गर्नुहोस्