राष्ट्रसंघद्धारा क्रिकेट मैदानमा भएको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघ, जेठ ६ । संयुक्त राष्ट्रसंघले गत शुक्रबार पूर्वीअफगानिस्तानको एउटा खेल मैदानमा भएको आक्रमणको निन्दा गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले घटनाको निन्दा गर्नुभएको उहाँका सहप्रवक्ता फरहान हकले शनिबार विज्ञप्तिमार्फत् जानकारी दिनुभएको छ ।

आम नागरिकलाई नै लक्षित गरी भएको यस आक्रमण मानवअधिकार र अन्तरराष्ट्रिय कानुन विपरित रहेको महासचिव गुथ्रेसले बताउनुभएको छ ।

क्रिकेट मैदानमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको थियो भने अरु ५५ जना घाइते भएका छन् ।

शुक्रबार राति ११‍‍.२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

सो क्रिकेट मैदानमा मुस्लिम धर्मावलम्बीको एक महिने रमजान पर्वको अवसरमा आयोजित स्थानीयस्तरको क्रिकेट प्रतियोगिता चलिरहेको थियो ।

कमेन्ट गर्नुहोस्