दिल्लीले मुम्बईलाई दियो जितका लागि १७५ रनको लक्ष्य

काठमाडौं, जेठ ६ । आइपीएलको लीग चरण अन्तर्गत आज अन्तिम खेलमा दिल्ली डेयरडेभिल्स् र मुम्बई इन्डियनबीचको खेल जारी छ ।

दिल्लीको फिरोज शाह कोट्ला मैदानमा टस जितेर पहिला व्याटिङ रोजेको दिल्लीले पूरै ओभर खेल्दै ४ विकेटको क्षेतिमा १७४ रन बनाएको छ ।

अहिले केही बेरमा मुम्बईले १७५ रनको विजय लक्ष्यका साथ जवाफी व्याटिङ गर्ने छ ।

सम्भवत नेपालका युवा स्पिनर सन्दीप लामिछानेले दिल्लीका लागि एक नम्बरमा बलिङ गर्ने छन् ।

दिल्लीका लागि रिशव पन्तले ४४ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक रन ६४ रन बनाए । उनी क्रुनलको बलमा पोलार्डद्वारा क्याच आउट भए ।

विजय शंकरले ३० मा ४३ रन बनाएर अभिजत रहे । त्यस्तै १८ बलमा ४ चौकाको मद्यतले २२ रन बनाएको ग्लेन म्याक्सवेल ब्रुराहद्वारा बोल्ट आउट भएका थिए ।

त्यस्तै बलिङतर्फ क्रुनाला पाण्डेय, जसप्रीत ब्रुराह र मयन्क मार्कन्न्यले एक एक विकेट लिएका थिए ।

भने एक जना रनआउट भएका थिए ।

कमेन्ट गर्नुहोस्