सन्दीपको शानदार बलिङकाे लय कायमै, दिल्लीका लागि झारे पहिलो विकेट

आज पनि दिल्लीका लागि ओपनिङ गरेका सन्दीपले चौथो बलमा सूर्यकुमार यादवलाई शिकार बनाए । उनलार्इ विजयशंकरले क्याच आउट गरे ।

सन्दीपको पहिलो बलमा चौका र दोस्रोमा बलमा छक्का हिकाएर सूर्यकुमारले सन्दीपलगायत उनका प्रंशसकलाई स्तब्ध पार्नै कोशिश गरे भने तेस्रो बल बनाएर उच्च मनोबलमा रहेका यादवले सन्दीपको चौथो बल लनअनतिर खेल्ने प्रयास गरे तर यसपाली गुगली फालेका सन्दीप धुक्क थिए बल बाउण्डरी पार जादैन भनेर । र मौका पर्खिएर बसेका विजय शंकरले अवसर गुमाएनन् र क्याच गरे ।

त्यसपछि एभीन लुइसलाई पनि सन्दीपले गुग्लीद्वारा नै स्वागत गरे । लुइसले एक रनमा चित्र बुझाउनु पर्यो ।

मुम्बईले दिल्लीले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याउदै अहिले बलिङ गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्