सन्दीपको उत्कृष्ट बलिङसँगै दिल्लीको मुम्बईमाथि सनसनीपूर्ण जित

काठमाडौं, जेठ ६ । इन्डियामा जारी आइपीएलको ११ औं संस्करणका आजको खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

दिल्लीले ११ रनले मुम्बई इन्डियन्सलाई पराजित गरेको हो ।

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मुम्बई विरुद्धको लीग चरणको अन्तिम खेलमा उत्कृष्ट बलिङ गरेका छन् ।

४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन दिदै ३ विकेट लिए । दिल्लीका लागि पहिलो ओभर बलिङ गर्दै पहिलो विकेट लिएर १३ रन दिए ।

त्यस्तै १० अाैं ओभरमा बलिङ गर्न आएको उनले २ विकेट लिए । किरोन पोलार्ड र क्रुनल पाण्डेय सन्दीपको बलको शिकार भए । त्यसैगरी १६ ओभर (व्यक्त्गित चौथो ओभर) २ रन दिए तर विकेट भने लिन सकेनन् ।

आइपिएलमा खेल्ने अबसर पाएका पहिलो नेपाली खेलाडी सन्दीपले मात्र ३ वटा म्याचमा खेल्न पाएका थिए। समग्रमा उनको प्रदर्शन उत्कृष्ट रह्यो। १२ ओभर बलिङ गरेका सन्दीपको इकोनोमी रेट ६ दशमलव ८३ रह्यो। उनले ७२ बलमा ८२ रन दिए भने तीन खेलमा पाँच विकेट हात पारे।

मुम्बई १९.३ ओभरमा अलआउट हुँदै १६३ रनमा सिमित भयो ।

दिल्लीका लागि सन्दीप लामिछाने, हर्सल पटेल र अमित मिश्रले समान ३–३ विकेट दिए भने ट्रेन्ट बोउल्टले एक विकेट लिए ।

त्यस्तै व्याटिङतर्फ दिल्लीका लागि रिशब पन्तले सर्वाधिक ६४ रन बनाए भने विजय शंकरले नटआउट ४३, ग्लेन म्याक्सवेलले २२ अभिषेक शर्मा नटआउट १५ कप्तान श्रेयर ६ पृथ्बी शाले १२ रनको योगदान गरे । भने अतिरिक्त १२ रन गरी दिल्लीले १७४ रनका बनाएको थियो ।

त्यस्तै जवाफी व्याटिङमा आएको मुम्बईका लागि इभीन लुइस ४८, बेन कटिङ ३७, हाद्रिक पाण्डेय २७ कप्तान रोहित शर्मा १३ र सूर्यकुमार यादवले १२ रन जोडे पनि टीमलाई हारबाट भने जोगाउन सकेनन् ।

त्यस्तै बलिङतर्फ क्रुनल पाण्डेय, जसप्रीतब बुम्रह र मयांक मार्कन्डेले एक एक विकेट लिएका थिए ।

दिल्लीसँगको हार सँगै मुम्बई आइपीएलको जारी सिजनबाट बाहिरिएको छ भने दिल्ली पनि यसअघि नै बाहिरि सकेको छ ।

 

 

 

 

कमेन्ट गर्नुहोस्