आइपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन, हेर्नुहोस तस्वीरमा

काठमाडौं, जेठ ६ । इन्डियामा जारी इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्स्मा आबद्ध १७ वर्ष नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जारी सिजनको लीग चरणको अन्तिम र व्यक्तिगत रुपमा लगातार तेस्रो खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेर चर्चाको शिखरमा छन् ।

आइतबार भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा एकै ओभरमा दुईसहित ३ विकेट लिई । जसको मद्दतले दिल्लीले सनसनीपूण जित हात पार्यो ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा अलआउट हुँदै १६३ रन मात्रै बनायो । दिल्लीले ११ रनले मुम्बई इन्डियन्सलाई पराजित गरेको हो ।

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मुम्बई विरुद्धको लीग चरणको अन्तिम खेलमा उत्कृष्ट बलिङ गरेका छन् ।

४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन दिदै ३ विकेट लिए । दिल्लीका लागि पहिलो ओभर बलिङ गर्दै पहिलो विकेट लिएर १३ रन दिए ।

त्यस्तै १० औं ओभरमा बलिङ गर्न आएको उनले २ विकेट लिए । किरोन पोलार्ड र क्रुनल पाण्डेय सन्दीपको बलको शिकार भए । त्यसैगरी १६ ओभर (व्यक्त्गित चौथो ओभर) २ रन दिए तर विकेट भने लिन सकेनन् ।

आइपिएलमा खेल्ने अबसर पाएका पहिलो नेपाली खेलाडी सन्दीपले मात्र ३ वटा म्याचमा खेल्न पाएका थिए। समग्रमा उनको प्रदर्शन उत्कृष्ट रह्यो। १२ ओभर बलिङ गरेका सन्दीपको इकोनोमी रेट ६ दशमलव ८३ रह्यो। उनले ७२ बलमा ८२ रन दिए भने तीन खेलमा पाँच विकेट हात पारे।

कमेन्ट गर्नुहोस्