राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना

काठमाडौं, जेठ ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

गएका दुई महिनादेखि कोर्निक ग्याट्रिष्टिक र उच्चरक्त चापको समस्याबाट ग्रस्त राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा थप समस्यादेखिए पछि दुईसाता अघि धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरि उपचार भइरहेको पारिवारिक स्रोतले बतायो ।

९९ वर्ष राष्ट्र घिमिरेलाई थप उपचारका लागि विदेश लैजान चिकित्सकले सुझाव दिएको तर उमेरका कारण आफूहरुले लान नसकेको छोरा इनदीबर घिमिरेले भनाई छ ।

घिमिरेलाई हाइ केयर युनिटमा राखेर उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्