प्रहरी प्रवक्ताको जिम्मेवारी शैलेश थापालाई

काठमाडौं, जेठ ७ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी शैलेश थापालाई दिइएको छ ।

प्रवक्ता मनोज नेउपाने महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी थापा क्षेत्रीलाई दिइएको हो ।

उनले नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्