लागू औषधसहित १० जना पक्राउ

पोखरा, जेठ ७ । पर्यटकीय क्षेत्र खहरेबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर घर्ती मगरले तीन दिनको अवधिमा छ किलो २५० ग्राम खैरो चरेश, डाइजेपाम पाँच सय चार थान, फेनेरगन पाँच सय चार थान, नर्फिन पाँच सय चार थान, नाइट्रोसन ११८ थानसहित १० जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  पोखरा–बागलुङ सडकको सीमा ३० मिटर कायम

यसैगरी, प्रहरीको सक्रियतामा पोखराको विभिन्न वस्तीबाट घरेलु मदिरा ३५० लिटर, कच्चा पदार्थ चार हजार २७० लिटर, मदिरा बनाउन प्रयोग गरिने पाँच सेट भाँडा र ८८ वटा प्लाष्टिकका समेत ढोल पक्राउ गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्