रोनाल्डोलार्इ पछि पार्दै मेस्सीले जिते ‘गोल्डन शू’ अवार्ड

म्याड्रिड, जेठ ७ । । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले २०१७–१८ सिजनको ‘गोल्डन शू’ अवार्ड हात पारेका छन् । मेस्सीले यो अवार्ड पाचौ पटक हात पारेका हुन ।

उनले स्पेनिश लीग ‘ला लीगा’ मा यो सिजनमा ३४ गोल गरेका छन् । जसले गर्दा मेस्सी ६८ अंक प्राप्त गर्दै अवार्ड हात पारेका हुन ।

मेसीले गएको वर्ष २०१६–१७ मा ३७ गोल गरेर अवार्ड हात पारेका थिए । यस अघि २००९–१०, २०११–१२ र २०१२–१३ मा मेस्सी गोडन शू अवार्ड प्राप्त गरेका थिए । पाचौं पटक यो अवार्ड जित्ने एक्ला फुतबलर हुन ।

अवार्ड जित्दै मेस्सीले आफ्ना प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डोलाई पनि पछि पारेका छन् । यसभन्दा अघि रोनाल्डोले गोल्डेन शू चार पटक जितेका थिए ।

कमेन्ट गर्नुहोस्