बस दुर्घटनामा ११ मजदूरको मृत्यु, २० घाइते

भारत, जेठ ७ । भारत मध्य प्रदेशको गुना जिल्लाको रूठियाई गाउँमा ट्रकमा बस ठाक्किदा ११ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा २० जना घाइते भएको बताइएको छ ।

सोमबार विहान आगरा–मुम्बई राष्ट्रिय राजमार्गमा रोकी राखेको ट्रकमा बस ठोक्दिा उक्त घटना भएको थियो । दुर्घटनामा परि ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते २० जनाको गुनाको एक अस्पतालमा उपचार भई रहेको र ६ जनाको अवस्था गम्भीर छ प्रहरी अधीक्षक निमिष अग्रवालले बताए ।

उनका अनुसार बसमा मजदूरहरु सवार थिए । उनीहरु उत्तर प्रदेशको बान्द्राबाट अहमदाबाद जादै थिए ।

कमेन्ट गर्नुहोस्