सन्दीप लामिछाने भोलि आउने

काठमाडौं, जेठ ७ । इन्डियन प्रिमियर लीग ( आइपीएल) को ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्सबाट तीन खेल खेल्दै आफ्नो बलिङको चमत्कार देखाएर वाहावाही पाएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने भोलि नेपाल ओदै छन् ।

सन्दीप भोलि अपरान्ह ४.१५ बजेमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिए ।

आयपीएलमा अक्सनबाट सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका गरेको थियो । दिल्लीका लागि लीग चरणका अन्तिम तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए ।

सन्दीपले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका चर्चित ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गरे ।

रोयल च्यालेन्जर्स बेंग्लोरका विरुद्ध गरेको बलिङलाई आइपीएलले स्टालिस बलिङको अवार्ड सहित एक लाख भारतीय रुपैयाँ पुरस्कारसमेत दियो ।

आइपीएलको लीग चरणका १४ मध्ये ५ मा जित र ९ खेलमा हार व्याहोरेको दिल्ली लिग चरणबाट बाहिरिएको छ । सन्दीपले खेलका अन्तिम तीन खेल मध्ये २ खेल दिल्लीले जितेको थियो ।

यसपछि ३१ मे मा आइसीसी विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेल खेल्नका लागि इङ्ल्याण्ड प्रस्थान गर्नेछन् ।

कमेन्ट गर्नुहोस्