तरकारी र फलफूल क्षेत्रमा आत्मनिर्भर बनाउछौ : राज्य मन्त्री चौधरी

काठमाडौं, जेठ ७ । कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले मुलुकलार्य तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने कार्ययोजना सरकारले अगाडि बढाने बताउनु भयो ।

सोमबार राष्टिय आलु बाली बिकास कार्यक्रम हल खुमलटारमा तरकारी क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको राष्ट्रिय कार्यशाला गोष्ठी तरकारी बिकास निर्देशनालय तथा फलफूल बिकास निर्देशनालयको संयुक्त आयोजनामा

किसानलाई वर्गीकरण गरि सरकारले साना किसानलाइ अनुदान ,मध्यम किसानलाई ब्याज अनुदान ,ठूला किसान लाई सहुलियत ऋण उपलब्ध गराउने बताउनु भयो ।सबैले आ(आफ्नो घरको छत ,खाली जमिन र गमलामा अर्गानिक तरकारी उत्पादन गरेर आफुलाइ स्वस्थ राख्नुका साथै खर्च बचत र आत्मनिर्भर बनाउन सकिने बताउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परीयोजनाको माध्यम बाट तरकारी फलफुलको पकेट, ब्लक,जोन र सुपरजोन बनाइ किसानलाई कृषिमा आधुनिकीकरण र व्यवासाईकरण गरि कृषि जन्य पदार्थमा आयात शुन्यमा झार्ने र निर्यात गरी देशलाई आर्थिक संबृध्दि गरन सकिने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्