जनयुद्धकालका माओवादी स्वास्थ्यकर्मीलाई सरकारी मान्यता

काठमाडौं, माओवादी सशस्त्र युद्दकालमा खटिएका स्वास्थ्यकर्मीलाई सरकारी मान्यता दिने प्रक्रिया अघि बढने भएको छ ।

माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्दका क्रममा आफ्नै तर्फबाट तालिम दिएर स्वास्थ्यकर्मीहरु उत्पादन गरेको थियो । विगतमा ती स्वास्थ्यकर्मीलाई के गर्ने भन्ने विवाद कायमै थियो ।

संघीय सरकारले भने अहिले नै यस्तो निर्णय नगरेपनि पाँच नम्बर प्रदेश सरकारले यो प्रक्रिया अघि बढाउने भएको हो । संघीय सरकारले युद्धकालमा पार्टीका तर्फबाट गरिएका जग्गाका लिखतहरुलाई वैधानिकता दिने घोषणा गरेको छ ।

द्वन्द्वकालमा माओवादी लडाकुको उपचारका लागि तयार पारिएका माओवादी स्वास्थ्यकर्मीलाई मान्यता दिन सरकार लागिपरेको हो । यसका लागि सामाजिक विकास मन्त्रालयले प्रक्रिया शुरु गरिसकेको छ ।

यो प्रक्रियाले पूर्णता पाए द्वन्द्वका घाइते माओवादी लडाकुको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सरकारी मान्यता पाउनेछन् । द्वन्द्वकालमा माओवादीले ३, ६ र ९ महिने तालिम दिएर स्वास्थ्यकर्मी उत्पादन गरेको थियो ।

कमेन्ट गर्नुहोस्