के प्रचण्डको बाटो क्रान्ति र गन्तव्य भ्रान्ति नै हो त ? कान्तिपुर टेलिभिजनमा प्रचण्डको कडा जवाफ (भिडियो)

काठमाडौं, तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक औचित्य रहेको बताएका छन् ।

कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम “फायर साइट”मा कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डको बाटो क्रान्ति र गन्तव्य भ्रान्ति भन्ने कुरा गलत भएको बताए । “बाटो क्रान्ति, गन्तव्य शान्ति र समृद्धि भनेको भए त्यो मेरो राजनीतिक जीवनसँग मिल्नसक्थ्यो ।” कार्यक्रम प्रस्तोता भुषण दाहालको प्रश्नमा प्रचण्डको भनाई थियो ।

२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना हुँदा बल प्रयोगको कुरा उल्लेख गरेको बताउँदै प्रचण्डले बल प्रयोगको सिद्दान्त संघर्षको अनिवार्यताभित्र पर्ने बताए । नेपालमा कांग्रेसदेखि अन्य पार्टीहरुले समेत हतियार उठाएको बताउँदै प्रचण्डले क्रान्ति र हतियारको कुरालाई कुनै विशेष कम्युनिष्ट घटकसँग जोडनु गलत भएको बताए ।

एउटा राजनीतिक परिस्थितले बाध्य भएर हतियार उठाउनु गलत नभएको बताउँदै प्रचण्डले अहिले भने राज्यबाट हस्तक्षेप गरेर नयाँ बाटोतर्फ नेपाललाई अघि बढाउन सकिने बताए ।

सुन्नुस् प्रचण्डको अन्तर्वार्ता

कमेन्ट गर्नुहोस्