अब जिल्लामा नौ वटा मात्र कार्यालय रहने, नामावलीसहित

काठमाडौं, ८ जेठ । जिल्लामा अब ९ वटा मात्र कार्यालय रहने तय भएको छ । अरु कार्यालय स्थानीय तहअन्र्तगत रहनेछन् ।

स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने सरकारी नीतिअन्तर्गत जिल्लाका अधिकांश कार्यालयहरु स्थानीय तहको मातहतमा ल्याइएको हो । सरकारी कार्यालयहरु कसको मातहत भन्ने निर्णय ढिलो हुँदा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरु अन्यौलमा छन् ।

जिल्लामा वन कार्यालय नरहे पनि केही समयका लागि बन कार्यालयको इकाई भने रहनेछ । केही अवधिभित्रै वनको संरचना पनि डिभिजन कार्यलय वा स्थानीय तहमा गाभ्ने सरकारको तयारी छ ।

जिल्लामा रहने ९ सरकारी कार्यालय

१. जिल्ला प्रशासन कार्यालय

२. जिल्ला प्रहरी कार्यालय

३. जिल्ला हुलाक कार्यालय

४. कोष तथा लेखा नियन्त्रण कार्यालय

५. जिल्ला निर्वाचन कार्यालय

६. जिल्ला मालपोत कार्यालय

७. जिल्ला नापी कार्यालय

८. जिल्ला अदालतत

९. जिल्ला सरकारी वकिलको कार्यालय

कमेन्ट गर्नुहोस्