Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डले मोदीलाई आग्रह गरेको दुईसाता नवित्दै विराटनगरस्थित भारतीय कार्यालय बन्द

काठमाडौं, जेठ ८ । भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने जनाउँदै आउनुभएको थियो । नेपालले सो कार्यालय हटाउन पटक पटक आग्रह पनि गर्दै आएको थियो ।

तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सो कार्यालय हटाउन र सीमा विवाद समाधानका लागि सकारात्मक पहल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा भएको भटेमा आग्रह गरेका थिए ।

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय हटाउन कूटनीतिक पहल गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: