२ गोठालाको हत्या गरी १५० भन्दा धेरै भेडा चोरी

कुरुक्षेत्र, जेठ ८ । भारत हरियणाको कुरुक्षेत्र रेलवे ट्याक नजिक राति सुतिरहेका दुई जना गोठालाको हत्या गरि १५० वटा भेडा लुटेर लगिएको छ ।

साेमबार राति कुरु क्षेत्रको कैथल रोड नजिक पिन्डारसी गाउँमा केही लुटेराले उनीहरुको हत्या गरि १५० भन्दा धेरै भेडा लुटेर लगेको भारतीय अधिकारीले बताएका छन् ।

अधिकारीहरुका अनुसार मारिनेहरु भेडा गोठाला भएको बताइएको छ । रेलवे लाइन नजिक आश्रय लिएर रात विताइरहेको समयमा उनीहरुका हत्या भएको बताइएको छ ।

केही भेडा रेलवे ट्याकमा काटिएको अवस्थामा भेटिएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ मंगलबार बिहान एसपी अभिषेक गर्ग, जीआरपी पुलिस घटनास्थल पुगेका छन् ।

प्रहरीले अनुसन्धान शुरु गर्दै सर्च अपरेशन चलाएको छ ।

कमेन्ट गर्नुहोस्