७० वर्षीया महिला गर्भवती, चिकित्सक पनि हैरान

मेक्सिको । मेक्सिकाेमा ७० वर्षीया एक महिला गर्भवती भएकी छन् जसले चिकित्सकसमेत चकित परेका छन् ।

धेरै मानिस यो उमेरसम्म बाच्दैनन् बचे पनि हिड्डुल गर्नसमेत धौधौं हुने गर्छ । तर ७० वर्षीय एक महिलाले आफू गर्भवती भएको बताएकी छन् ।र आफ्नो गर्भ ६ महिनाको भएको दाबी गरेकी छन् ।

मेक्सिकोको सिनालोआमा बस्ने ७० वर्षीया मारिया डी लालूसले आफू गर्भवती भएको दाबीसहित आफ्नो सोनोग्राफी रिपोर्ट सञ्चार माध्यममा सार्वजनिक गरेकी छन् । सात वच्चाकी आमा यी महिलाको रिपोर्ट हेरेर चिकित्सकहरु पनि हैरान भएका मारियाले बताएकी छन् ।

याे पनि पढ्नुस  ३८ वर्षकी महिला २०औं पटक गर्भवती भएपछि चिन्तामा प्रशासन

मारियाले आफ्नो खुट्टामा दुखाई भएको र पटक–पटक बान्ता भइरहेको बताएकी छन् । ठीक त्यसरी जसरी गर्भवती भएको समयमा हुन्छ । मारियाले अहिलसम्म फरक–फरक स्थानमा गरी १० पटक सोनोग्राफी( गर्भ परीक्षण) गराइसकेकी छन् । चिकित्सक पनि उनी गर्भवती भएको रिपोर्ट देखेर हैरान भएका छन् । चिकित्सकहरु भन्छन् उनको गर्भमा छोरी छ ।

याे पनि पढ्नुस  ३८ वर्षकी महिला २०औं पटक गर्भवती भएपछि चिन्तामा प्रशासन

मारियाले विश्व रेकर्ड बराबरी गर्ने

यदि मारियाले बच्चा जन्माइन भने उनी सबैभन्दा बढी उभेरमा बच्चा जन्माउने दोस्रो आमा हुने छिन् । यसभन्दा पहिला भारत पञ्जाबकी दलजिन्दर कौंबरले सन २०१६ मा७० वर्षको उमेरमा बच्चा जन्माएकी थिइन । यधपि दलजिन्दर क्ष्ष्खा प्रविधिबाट गर्भवती भएकी थिइन र

याे पनि पढ्नुस  ३८ वर्षकी महिला २०औं पटक गर्भवती भएपछि चिन्तामा प्रशासन

गर्भधारणका बारमा प्रस्ष्ट जानकारी नदिइएको

मारियाले गर्भधारणका बारेमा धेरै खुलाएकी छैनन् । उनी कसरी गर्भवती भएकी हुन त्यसबारेमा स्पष्ट जानकारी गराइएको छैन । नकी मारियाले पनि कुनै किसिमको फर्टीलाइजेशन प्रविधिको मद्दत लिएकी हुन कि ?

उनीले बच्चा जन्माउनु परेमा सिजेरियन प्रविधिको सहारा लिनु चिकित्सकका बताउछन् ।

कमेन्ट गर्नुहोस्