मन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता, शैक्षिक छात्रबृतिका बारेमा छलफल

काठमाडौं, वैशाख ८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यू होङ्बीच आज भएको भेटवार्तामा दुई देशबीच शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ ।

उहाँहरूबीच उच्च शिक्षामा छात्रवृत्ति, समकक्षता, विज्ञान र प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएको छ । मन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समयसीमा र एकरुपता कायम गर्दै अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।

विश्व बिद्यालयहरुमा साझेदारी गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रबृत्ति, भूकम्पपछिको बिद्यालय पुननिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनिया सहयोगको प्रसंसा गर्नुभयो ।

मन्त्री पाखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चिन भ्रमणबाट शिक्षा क्षेत्रको विकासको निम्ती महत्वपुर्ण सहयोगको अपेक्षा गरिएको मन्त्री पाखरेलले बताउनुभयो ।

मन्त्री पोखरेलसंगको भेटमा राजदूत होङ्ले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती चिनिया सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा चिन सरकार सधैं सहयोग गर्न तयार रहेको बताउँदैं राजदूत होङ्ले दुई देशबिचको सम्बन्ध सुदृढ र मजबुत रहेको उल्लेख गर्नुभयो ।

 

कमेन्ट गर्नुहोस्