दूतावासका कर्मचारीकै ठगी धन्दा: सेटिङमा पासपोर्ट बनाउनेदेखि मेनपावर सञ्चालनसम्म

मलेसिया, जेष्ठ ८ । नेपाली राजदुतावास मलेसियामा कार्यरत एक कर्मचारी ठगी धन्दामा सक्रिय रहेको खुल्न आएको छ।

दुतावासमा सवारी चालकको रुपमा मलेसिया पुगेका प्रविन प्रधान नेपालस्थित राजधानीमा रहेकाे उत्सव एच.आर. सोलुसन प्रा. लि.पिङ्गलास्थान गौशालाका कार्यकारी निर्देशक रहेको पुष्टी भएकाे छ ।

नेपाली राजदुतावास मलेसियाको प्रशासनिक सवारी चालकको रुपमा काम गर्दै आईरहेका प्रधानले दुतावासको कर्मचारीका हैसियतले मलेसियामा रहेकाका विभिन्न रोजगारदाता कम्पनीहरुमा गएर नेपाली कामदारहरुको माग पत्र लिने तथा दुतावासमा आएका अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र समेत आफै प्रमाणित गरि पठाउने गरेको रहस्य खुलेको छ।

मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका नेपाली कामदारहरुसँग मोटो रकम लिएर निजहरुको नेपाल फिर्तीको लागि एक तर्फि यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) समेत बनाउने तथा अबैधानिक कामदार सङ रकम असुल गरि सेटिङमा पासपोर्ट बनाउने धन्दामा समेत सक्रिय रहेको स्रोतले जानकारी दिएको छ।

यता नेपाली दूतावास मलेसियाले प्रधान बारे आबस्यक छानबिन सुरु गरेको बताउदै गलत गरेको प्रमाणित भएमा कारबाही हुने जानकारि दिएको छ ।
झन्डै ८ लाख नेपाली कार्यरत मलेसियामा रहेको नेपाली दूतावासले सक्रिय रूपमा मजदुर मुखी काम नगर्दा धेरै नेपाली ठगिन बाध्य भएको पीडितहरुको भनाइ छ।

कमेन्ट गर्नुहोस्