अर्जेन्टिनाका गोलरक्षक रोमेरोले विश्वकप गुमाउने

अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरोले अबको २२ दिनपछि रसियामा हुने विश्वकप गुमाउने भएका छन् ।

घुँडाको चोटका कारण गोलरक्षक रोमेरोले रसिया विश्वकप गुमाउने भएका हुन् । म्यानचेष्टर युनाईटेडका गोलरक्षक समेत रहेका ३१ बर्षिय रोमेरोले प्रिमियर लिगका दौरान चोटग्रस्त भएका हुन् ।

उनको बिकल्पमा विल्ली काबालेल्रो, रिभर प्लेटे र फ्रान्को आरमानीलाई टोलीमा पर्ने सम्भावना रहेको बताइएको छ । उनले राष्ट्रिय टोलीबाट ९४ क्याप जितेका छन् ।

अर्जेन्टिनाले जुन १६ मा आईसल्याण्डसंग खेल्दै बिश्वकप यात्रा सुरु गर्नेछ ।

कमेन्ट गर्नुहोस्