घूस रकमसहित शिक्षा अधिकारी सुवेदी पक्राउ

सुनसरी, जेठ ९ । जिल्लाको भण्टाबारीमा रहेको श्री आधारभूत विद्यालयको ट्वाइलेट र पर्खाल निर्माण लगायतको योजना पारिदिने भन्दै रकम लिँदालिँदै जिल्ला शिक्षा समन्वय इकाइका शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदी ५० हजार रुपैयाँ घूससहित पक्राउ परेका हुन्।

बुधबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले घूस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता रमेशराज दंगालले जानकारी दिए ।

सुवेदीलाइ घुस रकम जिल्ला सदरमुकाम इनरुवास्थित उनकै सरकारी निवासबाट पक्राउ गरिएको दंगालले बताए। उनका अनुसार सुवेदीलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा ल्याएर अनुसन्धान थालिएको छ ।

कमेन्ट गर्नुहोस्