पाँचै महिला संचारकर्मी सगरमाथाको शिखर चुम्न सफल

काठमाण्डौ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोली २०१८ का पाँचै जना सञ्चारकर्मीहरूले सगरमाथाको चुचुरो चुमेका छन् ।

१३ पटकसम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पाको नेतृत्वमा गएको आरोहण दलका सञ्चारकर्मीहरू सगरमाथाको शिखरमा पुगेका हुन ।

जेठ ९ गते बिहान ६ बजेको समयमा आरोहण दलका सदस्यहरु मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य, राष्ट्रिय समाचार समितिकी रोसा बस्नेत, स्वतन्त्र पत्रकार देउराली चाम्लिङ्गको टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् ।

फूर्वा शेर्पाको नेतृत्वमा गएको आरोहण दलका प्रतिनिधिहरु फर्कदै गरेको पर्यटन मन्त्रालयका अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभएको उदृत गर्दै नेपाल टेलिभिजनका समाचार प्रमुख राजु सिलबालले टेलिफोनमार्फत बुधबार बिहान ६ बजेर ५० मिनेट जादा पाँचैजना सगरमाथाको शिखरमा पुगेको बताउनुभयो ।

मेघा टेलिभिजनकी सञ्चारकर्मी कल्पना महर्जनले मेघा टेलिभिजनको लागो र व्यानर सहित राष्ट्रिय झण्डा फहराएकी थिईन ।

कमेन्ट गर्नुहोस्