गृहमन्त्री बादल र मुख्यमन्त्री भट्टबीच भेटवार्ता, सबै सीमा क्षेत्रमा सुरक्षा पोष्ट स्थापन गरिने

धनगढी, जेठ ९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको सरकारी निवासमा बुधबार विहान भएको भेटमा प्रदेश सरकारको सुरक्षा अबस्था, सिमा सुरक्षा, दार्चुलाको टिंकरस्थित त्रिदेशिय नाकामा १२ महिनै सुरक्षा पोष्ट राख्नुपर्ने तथा केन्द्र सरकार र प्रदेश सरकारबीचको आबश्यक समन्वयका बारेमा छलफल भएको छ ।

अहिले टिंकर नाकामा ६ महिना मात्र सुरक्षा पोष्ट राख्ने गरिएको छ । भारतसंग जोडिएका प्रदेश नं.७ का सबै सिमाक्षेत्र सुरक्षा चेक पोष्ट राख्ने बिषयमा समेत छलफल भएको छ ।

छलफलका क्रममा गृहमन्त्री बादलले प्रदेशको सुरक्षा अबस्था सम्वन्धमा चासो राख्नुका साथै सिमा क्षेत्र र टिंकर नाकामा सुरक्षा पोष्ट राख्ने बिषयमा सकारात्मक प्रतिकृया दिनु भएको बताईएको छ ।

प्रदेश ७ को अस्थायी मुकाम धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री बादल मंगलबार साझ धनगढी आई पुगेका हुन ।

धनगढीस्थित एक पार्टी प्यालेसमा प्रदेशस्तरीय सुरक्षा गोष्ठि जारी छ । सुरक्षा गोष्ठीमा प्रदेश नंं.७ का आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रदेश नं.७ को सुरक्षा अबस्था थप मजबुत पार्ने उदेश्यले प्रदेश स्तरिय सुरक्षा गोष्ठीको आयोजना गरिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्राईले बताए ।

प्रेस संयोजक भट्राईका अनुसार गृहमन्त्री बादलको योजना अनुसार सात वटै प्रदेशमा प्रदेश स्तरिय सुरक्षा गोष्ठिको आयोजना गरिएको हो । सुरक्षा गोष्ठि गरिएको प्रदेश नं.७ छैटौ स्थान रहेको र अब प्रदेश नं.१ मा गरिने भएको छ ।

गोष्ठीमा गृहमन्त्री बादलले समग्र प्रदेशको सुरक्षा अबस्थाको जानकारी लिई प्रदेशको सुरक्षा अबस्था थप मजबुत पार्न सुरक्षा निकायलाई निर्र्देशन दिईने बताईको छ ।

कमेन्ट गर्नुहोस्