कतिले बढ्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य तीन सय रुपैयाँले बढेकोट । आज छापावाला सुन प्रतितोला ५८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्यमा पाँच रुपैयाँले बढेको छ ।

मंगलबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको मूल्य ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्