‘सरकार नीति आयो, कार्यक्रम आएन’

काठमाडौं, जेठ ९ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति आएको तर कार्यक्रम भने नआएको टीप्पणी गरेका छन् ।

बुधबारबाट शुरू भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सदनलाई सम्वोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेता देउवाले सरकारले सार्वजजनीक गरेको नीति तथा कार्यक्रममा नीति आएको कार्यक्रम नआएको टिप्पणी गरेका हुन। उनले सरकारले नयाँ कार्यक्रम ल्याउन नसकेको आरोप लगाए ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा नीति देखिन्छ कार्यक्रमम छैनन्’ देउवाले भने ‘पाँच वर्षका कुरा छन् एक वर्षका कार्यक्रम छैनन् ।’ उनले यो सरकारले देशलाई समृद्धिको बाटोमा हिडाउन महत्वपूर्ण सयम पाएको भए तापनि समय खेर फाल्ने हो की भन्ने चिन्ता भएको बताए।

लगातार दुई आर्थिक वर्ष उच्चदरको आर्थिक वृद्धि हासिल गरेको अवस्थामा सरकारले त्यसको जगमा बसेर नीति तथा कार्यक्रम नआएको पनि देउवाको टिप्पणी छ।

देउवाले जनताले पाएको राजनीतिक उपलव्धीलाई पनि सरकारले वेवास्था गरेको दाबी गरेका छन्। सिंहदरबाको अधिकार जनताको घरदैलोमा पुर्‍याउन स्थानीय सरकारलाई बलियो बनाउने कुरामा सरकार ससंकित देखिएको देउवाको आरोप छ।

कमेन्ट गर्नुहोस्